स्वात जिल्ला (उर्दु سوات) पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको एक जिल्ला हो । स्वात यहाँ रहेको उत्कृष्ट प्राकृतिक सुन्दरता को लागि प्रसिद्ध छ ।
स्वात जिल्ला स्वात नदी को माथिल्लो भागमा केन्द्रित छ जहाँबाट बौद्ध धर्म को एक प्रारम्भिक बौद्ध विचारको उत्पत्ति भएको थियो । पहिला यो प्रदेश गन्धारा राज्य को एक भागको रूपमा रहेको थियो । स्वात जिल्ला पहिला स्वात प्रदेशीय राज्यको एक भाग थियो जसलाई सन् २००७ पाकिस्तानी तालेवानहरूले अाक्रमण गरेर अाफ्नो कब्जामा ल्याएको थियो । हाल स्वात जिल्ला रहेको उत्कृष्ट प्राकृतिक सुन्दरता को लागि प्रसिद्ध छ जसले गर्दा वार्सिक थुप्रै पर्यटकहरू अवलोकन गर्न अाउछन् । स्वात जिल्लाको राजधानी शहर सिन्धु सरिफा हो भने मिङ्गगोरा यस जिल्ला ठूलो शहर हो । स्वात जिल्ला खैबर पख्तुनख्वाको तेस्रो ठूलो जिल्ला हो जसमा अधिकांश पठान जनजाति बसोबास गर्दै अाएका छन् ।
स्वात जिल्लाको नाम संस्कृत शव्दबाट उत्पत्ति भएको हो । यस जिल्लाको नाम विषेश गरि नजिकमा रहेको स्वात नदिबाट अाएको हो । अर्को सिद्धान्त अनुसार संस्कृत शब्द "शिवता" (श्वेत) शब्दबाट स्वाट शब्द प्राप्त गरिएको हो जसले स्वातको निश्चिल पानीको वर्णन गर्दछ ।
स्वात जिल्लालाई पश्चिमबाट चित्राल र उपर दिर जिल्लाले धेरेका छन् भने गिल्गित-बाल्तिस्तानले उत्तरबाट घेरेको छ भने कोहिस्तान, शाङ्गला र बुनेर जिल्लाले पर्व र दक्षिणबाट घेरेको छ । यो जिल्ला खैबर पख्तुनख्वाको दक्षिणमा अवस्थित छ भने भिरपाखा र हिमशिखरबाट नजिकमा रहेको छ ।
स्वात जिल्लाको ३८% अर्थतन्त्र पर्यटनमा निर्भर छ भने ३१% अर्थतन्त्र कृषिमा निर्भर छ भने बाँकी अन्य पेशामा अावद्ध छन् ।
मिङ्वाला शहरको नजिकमा ग्वालराइ गाउँ छ जसले वार्सिक १८ किसिमकन स्याउको उत्पादन गर्छ । यहाँ उत्पादन भएका स्याउहरू पाकिस्तानमा पुण रुपमा खपत नभई अन्य देशहरूमा पनि निर्यात हुने गरेको छ । स्वात जिल्ला स्याउ पछि अारु खेतीको लागि पनि प्रख्यात छ जुन जिल्लाको समथर भागमा उत्पादन हुन्छ । यस जिल्लामा उत्पादन हुने अारुको ८०% अारु समथल भागमा उत्पादन हुने थरेको छ । अारु र अन्य फलफूलहरूको निर्यात अप्रिल महिनामा सुरु हुन्छ भने यो सेप्टेम्बर सम्म चल्छ ।
सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार स्वात जिल्लाको जनसङ्ख्या २३,०९५,७० रहेको छ जसले गर्दा यस जिल्ला खैबर पद्तुनख्वाको पेशावर जिल्ला र मरदान जिल्ला पछिको तेस्रो ठूलो जिल्लाको रुपमा रहेको छ । स्वात जिल्लामा विषेश गरि पठान र गुर्जार जाती बसोबास गर्छन् । यस जिल्लाको प्रमुख भाषा पठान हो भने टोरवाली र कोहिस्तानी भाषा साहायक भाषाको रुपमा रहेका छन् । सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लामा लगभग ९०.२८% मानिसहरू पठान भाषा बोल्छन् भने ८.६७% मानिस कोहिस्तानी र बाँकी रहेका जनजातिले अन्य भाषा बोल्दै अाएका छन् ।