श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब,अन्य नाम : दरबार साहिब वा संवरण मन्दिर) एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो । यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठूलो आकर्षण पनि हो । अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन् । अमृतसरको नाम वास्तवमा त्यो सरोवरको नाममा राखिएको हो जसको निर्माण गुरू रामदासले स्वयंमले आफ्नो हातबाट गरेका थिए । यो गुरूद्वार यहि सरोवरको बीचमा अवस्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिब दरबार साहिबको नामले पनि ख्याति प्राप्त छ । हुन त यो सिखहरूको गुरूद्वार हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनुले भारतमा सबै धर्मलाई एक समान मानिने बुझाउँछ । सिख धर्मालम्बिहरूको लागि स्वर्ण मन्दिर धेरै नै महत्वपूर्ण मानिन्छ । सिखहरू बाहेक अरू धेरै श्रद्धालु पनि यहाँ आउने गर्छन्, जसलाई स्वर्ण मन्दिर र सिक्ख धर्ममा अटूट आस्था छ ।
लगभग ४०० बर्ष पुरानो यस गुरूद्वारको नक्शा स्वयंम गुरू अर्जुन देवजीले तयार गरेका थिए । यो गुरूद्वार शिल्प सौन्दर्यको अदभुत् नमुना हो । यसको नक्काशी र बाहरी सुन्दरता धेरै छ । गुरूद्वारको चारै तीर ढोका रहेको छन्, जुन चारै दिशा (पूर्व, पश्चिम, उत्तर, दक्षिण) मा खुल्छ । उक्त समय पनि समाज चार जातिमा विभाजित थियो र धेरै जातिलाई अनेक मन्दिर आदिमा जान अनुमति थिएन, तर यो गुरूद्वारको चारै ढोकाहरूमा चारै जातिलाई आउनको लागि आमन्त्रित गरिथ्यो । यहाँ सबै धर्मको अनुयायीको स्वागत गरिन्थ्यो ।
श्री हरिमन्दिर साहिब परिसरमा दुई वटा ठूला र धेरै वटा साना साना तीर्थस्थलहरू छन् । ती सबै तीर्थस्थलहरू जलाशयको सबै तिर फैलिएका छन् । यस जलाशयलाई अमृतसर, अमृत सरोवर र अमृत झिलेक्क नामले पनि चिनिन्छ । पूरा स्वर्ण मन्दिर सेतो सङ्गमरमरले बनेको छ र यसको भित्तामा सुनको पत्ताले लेपन गरिएको छ । हरिमन्दिर साहिबमा प्रत्येक दिन गुरबाणी (गुरुवाणी) को स्वर गुन्जी रहन्छ । सिक्ख गुरूलाई ईश्वर तुल्य मान्छन् । स्वर्ण मन्दिरमा प्रवेश गर्नुभन्दा पहिले मन्दिरको अगाडि शिर झुकाउछन्, अनि खुट्टा धोएर भर्याङ्गबाट मुख्य मन्दिरसम्म जान्छन् । भर्याङ्गको साथ-साथै स्वर्ण मन्दिरमा सबै घटना र पूरा इतिहास लेखिएका शिलालेख छन् । स्वर्ण मन्दिर धेरै नै राम्रो भवन मानिन्छ । यसमा प्रकाशको सुन्दर व्यवस्था गरिएको छ । मन्दिर परिसरमा ढुङ्गाको एक स्मारक पनि छ जुन, "जाबाज सिक्ख" सैनिकको श्रद्धान्जली दिनको लागि राखिएको छ ।
श्री हरिमन्दिर साहिबमा चार द्वारहरू छन् । यसमध्ये एक द्वार गुरु राम दास सरायको हो । यस साएरामा विभिन्न विश्राम-स्थलहरू छन् । विश्राम-स्थलको साथ-साथ यहाँ चौबीस घन्टा लङ्गर चल्छ, जसमा सबैले प्रसाद ग्रहण गर्न सक्छन् । श्री हरिमन्दिर साहिबमा विभिन्न तीर्थस्थानहरू छन् । यसमध्ये बेरी वृक्षलाई पनि एक तीर्थस्थल मानिन्छ । यसलाई बेर बाबा बुड्ढाको नामले पनि चिनिन्छ । भनिन्छ कि जब स्वर्ण मन्दिर बनाइदै थियो तब बाबा बुड्ढा जी यहि रुखमुनि बस्थे र मन्दिरको निर्माण कार्यप्रति नजर राख्थे ।
स्वर्ण मन्दिर सरोवरको बीचमा मानव निर्मित द्वीपमा बनेको छ । पुरा मन्दिरमा सुनको पत्ता चढाइएको छ । यो मन्दिर एक पुल द्वारा किनारसँग जोडिएको छ । पानीमा श्रद्धालु स्नान गर्दछन् । यो ताल माछाले भरिएका छन् । मन्दिरदेखि १०० मी. को दूरीमा स्वर्ण जडित, अकाल तख्त छ । यसमा एक भूमिगत तल छ र पाँच अन्य तल छन् । यसमा एक संग्रहालय र सभागार छ । यहाँ सरबत खालसा को बैठक हुन्छ । सिक्ख पन्थले जोडिएको सबै समस्याको समाधान यहि सभागारमा गरिन्छ ।
स्वर्ण मन्दिर परिसरमा स्थित सबै पवित्र स्थलहरूलाई पूजा स्वरूप भक्तगण अमृतसरको चारैतिर बनेका गलियारको परिक्रमा गर्छन् । यसपछि उनीहरू अकाल तख्तको दर्शन गर्छन् । अकाल तख्तको दर्शन गरेपछि श्रद्धालु लाइनमा बसी स्वर्ण मन्दिरम प्रवेश गर्दछन् ।
गुरुद्वारको बाहिर दुवैतर्फ अकाल तख्त छन् । अकाल तख्तको निर्माण सन् १६०६ मा गरिएको थियो । यहाँ दरबार साहिब स्थित छ । त्यस समय यहाँ धेरै महत्वपूर्ण निर्णय लिइन्थ्यो । संगमरमरले बनेको यो इमारत हेर्न योग्य छ । यसको छेउमा शिरोमणि गुरुद्वारा प्रबन्धक समितिको कार्यालय छ, त्यहाँ सिखहरूका धेरै महत्वपूर्ण निर्णयहरू लिइन्छन् ।
गुरुको लङ्गरमा गुरुद्वारा आउने श्रद्धालुहरूको लागि निवास सुविधाको पुरा व्यवस्था हुन्छ । यो लङ्गर श्रद्धालुहरूको लागि २४ घन्टा खुला रहन्छ । निवास सुविधाको व्यवस्था गुरुद्वारमा आउने भेटी र दोश्रो कोषद्वारा हुन्छ । लङ्गरमा निवासको व्यवस्था शिरोमणि गुरुद्वारा प्रबन्धक समितिको तर्फबाट नियुक्त सेवादार गर्छन् । यहाँ आउनेहरूको सेवामा सबै तिरबाट योगदान दिइएका छन् । प्रत्येक दिन करीब ४० हजार मानिसहरुले यहाँ लङ्गरको प्रसाद ग्रहण गर्ने अनुमान गरिन्छ । भोजन मात्र नभई श्री गुरु रामदास सरायमा गुरुद्वारमा आउने मान्छेहरूको लागि बस्नको व्यवस्था पनि छ । यस सरायको निर्माण सन् १८८४ मा गरिएको थियो । यहाँ २८८ कोठा र १८ ठुला हल छन् । यहाँ रातका लागि सुत्ने सामग्री दिइन्छ । एक व्यक्तिलाई तीन दिन सम्म बस्नको पूर्ण व्यवस्था छ ।
अमृतसरमा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ र यहाँदेखि सवारी साधनहरूको प्रयोग गरि गुरुद्वारसम्म पुग्न सकिन्छ ।
अमृतसर दिल्लीबाट लगभग ५०० किलोमीटर टाढा, राष्ट्रीय राजमार्ग १ मा रहेको छ । वरपरका सबै राज्यहरूको सबै प्रमुख नगरहरूदेखि अमृतसर सम्मको बस सेवा (साधारण तथा डीलक्स) उपलब्ध छ । राष्ट्रीय राजमार्ग १ मा कुनैपनि स्थानदेखि २४ घन्टा बसहरू चलिरहन्छन् ।
अमृतसर रेल मार्ग भारतको सबै प्रमुख नगरहरूबाट जोडिएको छ । पुरानो दिल्ली र नयाँ दिल्लीदेखि अमृतसर शान-ए-पञ्जाब या शताब्दी ट्रेनबाट पाँचदेखि सात घन्टामा अमृतसर पुग्न सकिन्छ । अमृतसर स्टेशनदेखि रिक्शा लिएर गुरुद्वार पुग्न सकिन्छ ।