क्यालिफोर्निया विश्वविद्यालय (युसिएलए ) एक सरकारी अनुसन्धान विश्वविद्यालय हो जो वेस्टवुड मा रहेको छ। यो ठाउ लस एन्जेल्स, क्यालिफोर्निया, यूनाइटेड स्टेट्स को नजिकै रहेको छ। यसको स्थापना १९१९ मा भएको थियो र यो क्यालिफोर्निया विश्वविद्यालयसँग सम्बद्ध दस परिसरहरू मा दोश्रो सबभन्दा पुरानो परिसर हो। यूसीएलए विविध विषयहरूमा ३०० भन्दा धेरै पूर्वस्नातक र स्नातक डिग्री कार्यक्रम प्रस्तावित गर्दछ र यूनाइटेड स्टेट्स र सम्पूर्ण विश्वको करीब २६,००० पूर्व स्नातक र ११,००० स्नातक विद्यार्थी नामांकन गर्दछ।
यो विश्वविद्यालय ५ पूर्व स्नातक महाविद्यालयहरु, ७ व्यावसायिक विद्यालयहरु, र ५ पांच व्यवसायीक स्वास्थ्य विज्ञान विद्यालयहरु मा विभाजित छ।
एघार नोबेल पुरस्कार विजेता यस विश्वविद्यालयसंग अध्यापक, शोधकर्ता, अथवा भूतपूर्व बिध्यार्थीको रूपमा जोडिएका छन, ३७ जना नेशनल एकेडमी अफ साइन्सेस मा छानिएका थिए, २० जना नेशनल एकेडमी अफ इन्जीनियरिंग, र ९७ जना अमेरिकन एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेसमा छानिएका थिए।
यूसीएलए लाई लगातार महाविद्यालय र विश्विद्यालयहरूको र्याङ्किङ्ग मा उच्च स्थानहरु प्राप्त भएका छन्। यसको गणना देशको शीर्ष १० विद्यालयहरूमा हुन्छ र यसलाई धेरै जसो संकाय पुरस्कार प्राप्त हुन्छ। . वैज्ञानिक सूचना संस्थानको अनुसार आफ्नो शोधकार्यको कारणबाट यहाँको अध्यापकहरूको कार्यलाई धेरै जसो मानिस आफ्नो कार्यमा उल्लेख कार्य गर्दछन।
यूसीएलए मा विद्यार्थी-एथलीट ब्रुइंस को रूप मा प्रतियोगिताहरू मा भाग लिन्छन। पैसिफिक-१० सम्मलेनको सदस्यको रूप मा २०१० सम्म, ब्रुइंस ले १२५ राष्ट्रीय च्याम्पियनशिप जीतेका छन् जसमा १०६ एनसीसीए (एनसीएए) च्याम्पियनशिप पनि शामिल छन्। ,यति च्याम्पियनशिप कुनै पनि दोश्रा विश्वविद्यालयले कहिल्यै पनि जितेका थिएनन्।